लक्ष्मण अर्थात लक्ष्मणप्रसाद उपाध्याय (उसको बाबुले न्वारानमा जुराएको र स्कूलमा लेखाएको यो प्रसाद र उपाध्याय उपसर्गहरु शैक्षिक डिगृको उकालो चढ्दै जाँदा हराउदै गएर लक्ष्मण मात्र बाँकी रहेको थियो) दमै टोल पुगेर घर आउदै थियो । गाउंबाट जजमानी (कर्मकाण्ड) सकेर सिदाको भारी दाता जजमानकै ढाडमा लादेर घर पुगेका पुण्यप्रसाद पण्डित बाजे छोरालाई ततकाल नदेखेपछि “लछुमने खै”?…