बुटवल । रोट्रयाक क्लब अफ लुम्बिनी स्टारको आयोजनामा आगामी शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । इन्टर-रोट्रयाक क्लबहरूबीच हुने यस प्रतियोगितामा २० भन्दा बढी क्लबले सहभागिता जनाउने भएका छन् । विहीबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गौरव पाण्डेले प्रतियोगिताको उद्देश्य रोट्रयाक सदस्यबीच आपसी सद्भाव, सहकार्य र परिचय आदान-प्रदान बढाउनु रहेको बताए ।…