काठमाडौं । राजस्थान रोयल्सका बलरसामू टिक्न नसक्दा मुम्बई इन्डियनले तेस्रो खेलमासमेत खाता खोल्न सकेन । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्गर्तत सोमबार राति भएको खेलमा राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई ६ विकेटले पराजित भएको छ । वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन…