काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई हराएको छ । स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल मगलहाएसले ६३ औं मिनेटमा बुकायो साकाको पासमा निर्णायक गोल गरे । जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा…