काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एलिनाज स्टेडियममा बुधबार राति भएको खेलमा दुई पटक पछि परेपनि जर्मनी २-२ काे उत्कृष्ठ कमब्याक गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेकाे हाे । खेलको ११ औं मिनेटमा…