कैलाली । धनगढीमा जारी लिटरफ्लावर प्रिमियर लिग (एलपीएल) विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा काठमाडौँकै नेक्सस स्कुललाई चार विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै…