खजुरा । बाँकेका अधिकांस पालिकाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने समझदारीका साथ गठबन्धन भत्काएका बाँकेका राजनीतिकदलहरुले बाँकेको खजुरामा भने चुनावी गठबन्धन बनाएका छन् । स्थानीय चुनावका लागि खजुरा गाँउपालिकामा गठबन्धनका नेपाली कांग्रेस र माओवादीकेन्दैबीच चुनावी तालमेल भएको हो । तालमेलमा पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि. क. तुफान र उप प्रमुखमा नेपाली कांग्रेसकी मन्जु मल्ल चुनावमा मिलेर…