काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्नेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धन आबद्ध पाँच दलले स्थिति…