काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ र अहंकारले विनाश निम्त्याउने बताएका छन् । २५६५औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा अहिले दम्भ र अहंकार देखिएको भन्दै यसले विनाशमात्रै निम्त्याउने जिकिर गरेका हुन् । प्रचण्डले भनेका छन्, ‘‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ…