काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको छलफलमा नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई सहभागी गराइएको छ । गत साउन १३ गतेको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष…