८ बैशाख २०८३, मंगलबार | April 22, 2026

बालेनको घरबाट प्रचण्डको आह्वान – सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

महोत्तरी । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ। सो कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक अधिकार र देश बचाउनका लागि सबै मिल्नुपर्ने बताए ।