९ भदौ २०८३, मंगलबार | August 25, 2026

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नदेखिएपछि बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्। बानियाँले आजै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले विश्वासको मतको प्रक्रियामा जानुअघि नै राजीनामा दिएका हुन्। १०४ सदस्यीय…