१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी र मुलुक भित्र गुटबन्दी गर्ने समय नभई पुनर्जागरणको समय भएको बताएका छन् । मिसन जनजागरण अभियानको झापामा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले देशको परिस्थितिले अबको समय पुनर्जागरण आवश्यक्ता ठहराएको बताए । गुटबन्दीले पटक पटक पार्टी फुटाएको बताँदै उनले भने, ‘गुटबन्दीमा जहिले पनि तीनै मान्छे छन् । पार्टीका पक्षमा होइन अरू कसैको पक्षमा लागेर गुटबन्दीमा लागेका छन् ।’

जेन जी घटना पछि पहिलो पटक काठमाडौं उपत्यका बाहिरको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरिरहेको एमाले अध्यक्ष ओलीले पार्टीको पुनर्गठनको नाममा अध्यक्ष हटाउने अभियान थालेको जनाउँदै यतिखेरको माग पुनर्गठन नभई पुनर्जागरणको भएको पनि जनाएका छन् ।

‘अहिले अध्यक्ष -ओली) फेर्ने भनेर केही मान्छेहरू लागेको देखिएको छ तर कसका लागि फेर्ने किन फेर्ने हो ? मैले त कहिल्यै पनि कार्यकर्ताले फेर्ने कुरा गरेको सुनेको छैन,’ ओलीले भने, ‘‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, सङ्घर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो तर ‘आज हामीले पुनर्गठन गर्न समय बरबाद गर्ने होइन, यो पुनः जागरण गर्ने बेला हो ।’

अध्यक्ष ओलीले अघिल्लो बर्षको भदौ २३ र २४ गतेको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दोहोराउँदै जनताले पनि गल्ति सच्चाउनु पर्नेमा जोड दिए । ‘जनताले गरेको गल्ती पनि सच्याउनु पर्नेछ, हामीले पनि सच्चिएर अगाडि बढ्न पर्ने बेला हो यो, त्यसका लागि हामी जनताकोमा जानुपर्ने छ, कुरा बुझाउनु पर्नेछ, त्यसैले यतिखेर पार्टी एकता र एकजुटता अहिलो पहिलो प्राथमिकता हो ।’

अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको आरोप लगाए । उनले एमालेले झै प्रतिनिधिसभाको पुनर्स्थापनामा जोड गरेर गएको भए देशको अवस्था यस्तो नहुने पनि दावी गरेका छन् । एमालेको प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा र प्रस्ताव त्यतिबेला दलहरूले स्विकार नगर्दा मुलुक भडखालोमा परेको दावी गर्दै उनले यतिखेर भने सबै राजनीतिक दलका नेतृत्व पछुतो मानेर बसिरहेको पनि दावी गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ४७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको