काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजी आन्दोलनका जायज मागहरू संविधान र कानूनी प्रक्रियाभित्रै रही समाधान गर्नुपर्नेमा जोड दिएका छन्। नेता कोइरालाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाजप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले सहमति, सहकार्य र…