२२ चैत्र २०८२, आइतबार | April 6, 2026

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। आइतबार बसेको नेकपा संसदीय दलको बैठकले पार्टीका संयोजक समेत रहेका प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको छ भने राष्ट्रियसभामा पनि १७ सिट नै रहेको छ ।