१३ मंसिर २०८०, बुधबार | November 29, 2023

‘एउटा कोरोना संक्रमित व्यक्तिले १० लेयरमा ५९ हजारमा सार्न सक्छ’



एजेन्सी । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको त्रास र आतंक फैलिएको छ । अहिलेसम्म १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाख २२ हजारभन्दा बढी संक्रमितहरु भेटिएका छन् ।

यसैबीच एक चिकित्सकले कोरोना भाइरस संक्रमित एक व्यक्तिले ५९ हजारलाई संक्रमित गराउन सक्ने बताएका छन् ।

युनिभर्सिटी कलेज लन्डनस्थित इन्टेन्सिब केयर मेडिसिनका प्राध्यापक डा. ह्यु मन्टगोमरीले कोरोनाको संक्रमण एक व्यक्तिबाट ३ व्यक्तिमा भए पनि यो १० लेयरमा पुग्दा संक्रमणको दर उच्च हुने बताएका हुन् ।

डेली मेलको रिपोर्टअनुसार च्यानल ४ सँग कुरा गर्दै डा. ह्युले सामाजिक दुरी कायम राख्न पनि अपिल गरेका छन् ।

ह्युले भनेका छन्, सामान्य फ्लुले औषत १.३ देखि १.४ व्यक्तिलाई संक्रमित बनाउन सक्छ । फ्लुको समयमा अघिल्लो संक्रमित व्यक्तिले अन्यलाई पनि संक्रमित बनाउन सक्छ । यसैगरी १० पटसम्म संक्रमणको चक्र चल्दा संख्या ठूलो हुने उनले बताए ।

फ्लुलाई कोरोना भाइरससँग तुलना गर्दै ह्युले कोरोना भाइरस एक व्यक्तिबाट औषत ३ व्यक्तिमा फैलन सक्ने बताएका छन् । ह्युले यसलाई अझ स्पष्ट पार्दै भनेका छन् कोरोना भाइरस एक व्यक्तिबाट ३ व्यक्तिमा सर्न सक्छ । यो लेयर १० पटकमा ५९ हजार मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताए ।

ह्युले उदाहरणका दिँदै भनेका छन्- कोरोना भाइरस १ व्यक्तिबाट ३, ३ बाट ९, ९ बाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७२९, ७२९ बाट २१८७, २१८७ बाट ६५६१, ६५६१ बाट १९६८३, १९६८३ बाट ५९०४९ व्यक्तिमा संक्रमण फैलन सक्छ ।

उनले संक्रमित भएकामध्ये केहीमात्र विरामी हुने पनि उल्लेख गरेका छन् । उनले कुल संक्रमित मध्य कमैमात्र विरामी हुने र त्यसमध्ये पनि कमैलाई मात्र आइसियुमा राख्नुपर्ने अवस्था आउने बताए । यद्यपी जो संक्रमित विमारी भएका छैनन् उनीहरुले पनि अरुलाई संक्रमण फैलाउन सक्ने ह्युले बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १५ बजे

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२

पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको