११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

‘एउटा कोरोना संक्रमित व्यक्तिले १० लेयरमा ५९ हजारमा सार्न सक्छ’



एजेन्सी । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको त्रास र आतंक फैलिएको छ । अहिलेसम्म १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाख २२ हजारभन्दा बढी संक्रमितहरु भेटिएका छन् ।

यसैबीच एक चिकित्सकले कोरोना भाइरस संक्रमित एक व्यक्तिले ५९ हजारलाई संक्रमित गराउन सक्ने बताएका छन् ।

युनिभर्सिटी कलेज लन्डनस्थित इन्टेन्सिब केयर मेडिसिनका प्राध्यापक डा. ह्यु मन्टगोमरीले कोरोनाको संक्रमण एक व्यक्तिबाट ३ व्यक्तिमा भए पनि यो १० लेयरमा पुग्दा संक्रमणको दर उच्च हुने बताएका हुन् ।

डेली मेलको रिपोर्टअनुसार च्यानल ४ सँग कुरा गर्दै डा. ह्युले सामाजिक दुरी कायम राख्न पनि अपिल गरेका छन् ।

ह्युले भनेका छन्, सामान्य फ्लुले औषत १.३ देखि १.४ व्यक्तिलाई संक्रमित बनाउन सक्छ । फ्लुको समयमा अघिल्लो संक्रमित व्यक्तिले अन्यलाई पनि संक्रमित बनाउन सक्छ । यसैगरी १० पटसम्म संक्रमणको चक्र चल्दा संख्या ठूलो हुने उनले बताए ।

फ्लुलाई कोरोना भाइरससँग तुलना गर्दै ह्युले कोरोना भाइरस एक व्यक्तिबाट औषत ३ व्यक्तिमा फैलन सक्ने बताएका छन् । ह्युले यसलाई अझ स्पष्ट पार्दै भनेका छन् कोरोना भाइरस एक व्यक्तिबाट ३ व्यक्तिमा सर्न सक्छ । यो लेयर १० पटकमा ५९ हजार मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताए ।

ह्युले उदाहरणका दिँदै भनेका छन्- कोरोना भाइरस १ व्यक्तिबाट ३, ३ बाट ९, ९ बाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७२९, ७२९ बाट २१८७, २१८७ बाट ६५६१, ६५६१ बाट १९६८३, १९६८३ बाट ५९०४९ व्यक्तिमा संक्रमण फैलन सक्छ ।

उनले संक्रमित भएकामध्ये केहीमात्र विरामी हुने पनि उल्लेख गरेका छन् । उनले कुल संक्रमित मध्य कमैमात्र विरामी हुने र त्यसमध्ये पनि कमैलाई मात्र आइसियुमा राख्नुपर्ने अवस्था आउने बताए । यद्यपी जो संक्रमित विमारी भएका छैनन् उनीहरुले पनि अरुलाई संक्रमण फैलाउन सक्ने ह्युले बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १५ बजे

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को