३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भोलिदेखि कोरोना भाइरसको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा हुने



काठमाडौ । सरकारले मुलुकका प्रदेश १, गण्डकी र प्रदेश ५ का अस्पतालमा शुक्रबारदेखि कोरोना भाइरसको परीक्षण सुरु गर्ने भएको छ ।

प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिनुभयो । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताउनुभयो ।

कोरोनाभाइरस संक्रमण परीक्षण जोखिमपूर्ण हुने भएकोले स्थल चयन गर्न समेत कठिनाई हुने निर्देशक पाण्डेको भनाइ छ ।
सबै स्थानमा परीक्षण स्थाल तोक्नभन्दा प्रभावकारी ढंगले काम गर्न जरुरी हुने उहा बताउँनुहुन्छ ।

तोकिएका तीन स्थानमा आवश्यक जनशक्ति पठाउने पनि उहाले बताउनुभयो । पहिलो चराणमा तीन स्थानमै बीसदेखि सय नमुना परीक्षण गर्न सक्ने उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ८ : ०४ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा