३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका



काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।

वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो ।

वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् ।

सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन् ।

यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा। टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए । तर, अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन । लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उहाको भनाइ छ ।

अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन ।

मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउनुहुन्छ । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन माग

संरक्षणविद्हरु यो खोज जोखिममा रहेको स्तनपायी जनावरलाई दुःख दिने दिशामा अघि बढे त्यो विनाशकारी हुने बताउँछन् । अहिले पनि चीनमा उपचारको लागि जनावरहरुको उच्च माग छ । जबकी सालकको मासु निकै नरम मासुको रुपमा चिनिन्छ । कार्डिफ यूनिभर्सिटीकी सालक संरक्षण अधिकारी एलिसा पान्जाङ अहिले सबै अन्तर्राष्ट्रिय समुदायले आफ्नो सरकारलाई अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन जोड दिनुपर्ने बताउनुहुन्छ ।

चीनले यो भाइरस निस्किएसँगै जंगली जनवरको मासुमा प्रतिबन्ध लगाइएको छ । भियतनामले पनि चीनकोजस्तै योजना अघि सारिसकेको छ । अक्सफोर्ड यूनिभर्सिटीका डा। डान चालेन्डरले सालकमा कोरोना भाइरस रहेको पाइएको बताउनुभयो । उहाले अहिले फैलिएको कोरोना भाइरसको स्रोत प्रत्ता लगाउनुले यो भाइरसलाई बुझ्न र भविष्यमा देखिन सक्ने यस किसिमको महामारीमा रोक्न पनि निकै महत्वपूर्ण हुने बताउनुभयो ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४४ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा