११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका



काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।

वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो ।

वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् ।

सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन् ।

यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा। टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए । तर, अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन । लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उहाको भनाइ छ ।

अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन ।

मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउनुहुन्छ । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन माग

संरक्षणविद्हरु यो खोज जोखिममा रहेको स्तनपायी जनावरलाई दुःख दिने दिशामा अघि बढे त्यो विनाशकारी हुने बताउँछन् । अहिले पनि चीनमा उपचारको लागि जनावरहरुको उच्च माग छ । जबकी सालकको मासु निकै नरम मासुको रुपमा चिनिन्छ । कार्डिफ यूनिभर्सिटीकी सालक संरक्षण अधिकारी एलिसा पान्जाङ अहिले सबै अन्तर्राष्ट्रिय समुदायले आफ्नो सरकारलाई अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन जोड दिनुपर्ने बताउनुहुन्छ ।

चीनले यो भाइरस निस्किएसँगै जंगली जनवरको मासुमा प्रतिबन्ध लगाइएको छ । भियतनामले पनि चीनकोजस्तै योजना अघि सारिसकेको छ । अक्सफोर्ड यूनिभर्सिटीका डा। डान चालेन्डरले सालकमा कोरोना भाइरस रहेको पाइएको बताउनुभयो । उहाले अहिले फैलिएको कोरोना भाइरसको स्रोत प्रत्ता लगाउनुले यो भाइरसलाई बुझ्न र भविष्यमा देखिन सक्ने यस किसिमको महामारीमा रोक्न पनि निकै महत्वपूर्ण हुने बताउनुभयो ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम