३० पुस २०८२, बुधबार | January 14, 2026

कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ९५ हजार, १ लाख ३३ हजारको सफल उपचार



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व नै अहिले त्रास र आतंकको वातावरणमा छ ।
कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण दिँदै आएको वर्ल्डोमिटरका अनुसार संक्रमण सुरु भएदेखि हालसम्म ५ लाख ९५ हजार ९ सय ५२ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
साथै उक्त भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म २७ हजार ३ सय ४१ पुगेको पनि वर्ल्डोमिटरले जनाएको छ ।
त्यस्तै कुल १ लाख ३३ हजार ५७ जना उपचार भएर घर फर्किएका छन् ।
हाल ४ लाख ३५ हजार ५५४ केसहरु एक्टिभ रहेकामा ४ लाख १२ हजार ३५ केसहरु मध्यम र २३ हजार ५ सय १९ केसहरु गम्भीर अवस्थाका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा सबैभभभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा यसबाट संक्रमित हुनेहरुको संख्या १ लाख ३ हजार ७ सय २९ पुगेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको इटालीमा यसका संक्रमितहरुको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । चीनमा ८१ हजार ३९४ जना यसबाट संक्रमित भएका छन् ।
नेपालमा भने यो भाइरसका कारण संक्रमित हुनेको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : २६ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको