५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ९५ हजार, १ लाख ३३ हजारको सफल उपचार



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व नै अहिले त्रास र आतंकको वातावरणमा छ ।
कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय विवरण दिँदै आएको वर्ल्डोमिटरका अनुसार संक्रमण सुरु भएदेखि हालसम्म ५ लाख ९५ हजार ९ सय ५२ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
साथै उक्त भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म २७ हजार ३ सय ४१ पुगेको पनि वर्ल्डोमिटरले जनाएको छ ।
त्यस्तै कुल १ लाख ३३ हजार ५७ जना उपचार भएर घर फर्किएका छन् ।
हाल ४ लाख ३५ हजार ५५४ केसहरु एक्टिभ रहेकामा ४ लाख १२ हजार ३५ केसहरु मध्यम र २३ हजार ५ सय १९ केसहरु गम्भीर अवस्थाका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा सबैभभभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा यसबाट संक्रमित हुनेहरुको संख्या १ लाख ३ हजार ७ सय २९ पुगेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको इटालीमा यसका संक्रमितहरुको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । चीनमा ८१ हजार ३९४ जना यसबाट संक्रमित भएका छन् ।
नेपालमा भने यो भाइरसका कारण संक्रमित हुनेको संख्या ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता