८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेट्रोसिटीद्वारा प्रहरी र पत्रकारलाई मास्क तथा सेनेटाईजर सहयोग



बुटवल । लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले सुरक्षाकर्मी तथा संचारकर्मीका लागि मास्क र सेनेटाईजर सहयोग गरेको छ ।

कोरोना (कोभिड-१९) महामारिको समयमा नागरिकको सुरक्षाका लागि फिल्डमा खटिने सुरक्षाकर्मी (प्रहरी) तथा आम नागरिकलाई सुचना दिनका लागि अहोरात्र संचारकर्ममा खटिने संचारकर्मी (पत्रकार) लाई एक हजार ५ सय थान मास्क तथा डेढ सय थान सेनेटाईजर क्लवले सहयोग गरेको हो ।

क्लवले बुटवल क्षेत्रमा क्रियाशिल छापा, अनलाईन तथा विद्युतिय संचारमाध्यममा कार्यरत एक दर्जन पत्रकारहरुलाई ५ सय थान मास्क तथा तीस थान सेनेटाईजर सहयोग गरेको क्लवका अध्यक्ष विदुर पौडेलले जानकारी दिनुभयो ।

यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर मार्फत सुरक्षाकर्मीलाई एक हजार थान मास्क तथा एक सय थान सेनेटाईजर क्लवले सहयोग गरेको पौडेलले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर, क्लवका एम.जे.एफ सन्दिप कसौधन, क्लवका संस्थापक अध्यक्ष बिनोद सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तीक श्रेष्ठ, कार्यक्रम संयोजक अमरनाथ पाठक लगायतले नागरिकको सुरक्षाका लागि जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मी तथा नागरिकलाई सुसुचित गर्न फिल्डमा खटिले सञ्चारकर्मीका लागि क्लवले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

क्लवले यसअघि पनि कोरोनाका कारण समस्यामा परेका बुटवल ११ का तीन दर्जनबढी स्थानीय घर परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ३ : ४३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन