२० श्रावण २०८३, बुधबार | August 6, 2026

मिष्ठान ब्यवसायीको क्यालेन्डर सार्वजनिक



बुटवल । रुपन्देही मिष्ठान तथा क्याटरिङ ब्यवसायी संघले नया वर्ष २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ ।

सुरक्षा र सामाजिक दुरी अप्नाएर शुक्रबार एक कार्यक्रमका बिच नया वर्ष २०७७ को क्यालेन्डर बिमोचन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष घनश्याम पाण्डे, पुर्वअध्यक्ष टेक नारायण पराजुली, कार्यक्रम संयोजक पवन पोखरेलले संयुक्त रुपमा क्यालेन्डर सावर्जनिक गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण पोखरेलले विगतका वर्ष झै नियमित कार्यक्रम समयमा गर्न नसकेको भन्दै उहाले लकडाउनको अवधिमा पनि विशेष सावधानी अप्नाएर कार्यक्रम गरिएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कायार्लयमा दर्ता भएर संचालन हुदा सरकारबाट सहयोग पाउन नसकेको उहाले दुखेसो व्यक्त गर्नुभयो । महासंघको केन्द्रिय आकस्मिक बैठकले समेत देशको वर्तमान परिस्थितीमा सबै उद्योगी ब्यवसायीहरुको हितलाई मध्येनजर गरि योजना ल्याउन सरकारले सुझाव दिएको उहाले बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष बलराम पौडेलले २४ जना ब्यवसायीहरुबाट नै विज्ञापन सहयोग भएर क्यालेण्डर प्रकाशन गरिएको बताउनुभयो ।

संघका उपाध्यक्ष कमल पोखरेल, सचिव कृष्ण सापकोटा, प्रेस सल्लाहकार कपिल ज्ञवालीले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ४६ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको