५ पुस २०८२, शनिबार | December 20, 2025

मिष्ठान ब्यवसायीको क्यालेन्डर सार्वजनिक



बुटवल । रुपन्देही मिष्ठान तथा क्याटरिङ ब्यवसायी संघले नया वर्ष २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ ।

सुरक्षा र सामाजिक दुरी अप्नाएर शुक्रबार एक कार्यक्रमका बिच नया वर्ष २०७७ को क्यालेन्डर बिमोचन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष घनश्याम पाण्डे, पुर्वअध्यक्ष टेक नारायण पराजुली, कार्यक्रम संयोजक पवन पोखरेलले संयुक्त रुपमा क्यालेन्डर सावर्जनिक गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण पोखरेलले विगतका वर्ष झै नियमित कार्यक्रम समयमा गर्न नसकेको भन्दै उहाले लकडाउनको अवधिमा पनि विशेष सावधानी अप्नाएर कार्यक्रम गरिएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कायार्लयमा दर्ता भएर संचालन हुदा सरकारबाट सहयोग पाउन नसकेको उहाले दुखेसो व्यक्त गर्नुभयो । महासंघको केन्द्रिय आकस्मिक बैठकले समेत देशको वर्तमान परिस्थितीमा सबै उद्योगी ब्यवसायीहरुको हितलाई मध्येनजर गरि योजना ल्याउन सरकारले सुझाव दिएको उहाले बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष बलराम पौडेलले २४ जना ब्यवसायीहरुबाट नै विज्ञापन सहयोग भएर क्यालेण्डर प्रकाशन गरिएको बताउनुभयो ।

संघका उपाध्यक्ष कमल पोखरेल, सचिव कृष्ण सापकोटा, प्रेस सल्लाहकार कपिल ज्ञवालीले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ५ : ४६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने