२ बैशाख २०८३, बुधबार | April 15, 2026

डब्लुएचओ भन्छ, – निकोभएका व्यक्तिको परीक्षण पोजेटिभ आउनु पुनः संक्रमण होइन, फोक्सोको मृत कोषिकाले हुनसक्छ



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोरोनाको संक्रमण पोजेटिभ देखिनु कोरानाको दोस्रो आक्रमण नभएको बताएको छ ।

यसको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने डब्लुएचओको ठहर छ ।

दक्षिण कोरिया अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पोजेटिभ देखिएको बताएका थिए ।

चीनको उहानमापनि पुनः संक्रमणको केस देखिएको थियो । जसलाई कोरानाको दोस्रो लहर भनेर अनुमान गरिएको थियो । नेपालमा पनि अहिले ३ जनामा यस्तै दोहोरिएको छ ।

डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । ‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उनले भने, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’

डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रोग्रामको हिस्सा र संक्रामक रोग महामारीकी विज्ञ मारिया वान केहोबले मृत्त कोशिकाको बारेमा सम्झाउँदै भन्छिन्, ‘जब हाम्रो फोक्सोले आफैलाई ठीक गर्न थाल्छ, तब त्यहाँ रहेको मृत्त कोशिकाहरु बाहिर आउन थाल्छन् । यी फोक्साका सुक्ष्म अंश हुन्छन् जो हाम्रो नाक र मुखको बाटो हुँदै बाहिर निस्कन्छन् । यी कोशिका संक्रामक भाइरस होइनन् । यो पुनः संक्रमण भएको पनि होइन । यो उपचार प्रक्रियाको एक हिस्सा हो । तर, के यसको कारण बिरामीले प्रतिरोधात्मक शक्ति प्राप्त गर्यो रु यसको उत्तर भने हामीसँग अहिले छैन ।’

यता, हङकङ विश्वविद्यालयको औषधी विभागमा कार्यरत संक्रामक रोग विशेषज्ञ प्राध्यापक जिन डोङ यान बिरामीहरुमा दोस्रो संक्रमण वा लगातार संक्रमण नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘यता त पहिलो चरणमा राम्रो परीक्षण गरिएको थिएन वा बिरामी उपचारको लामो प्रक्रियामा रहेको थियो ।’ उनका अनुसार टेस्ट किटको गुणस्तरदेखि स्याम्पल संकलन गर्ने तरिकाले परीक्षणको नतिजामा प्रभाव पार्ने गर्दछ ।

चीनमा संक्रमितलाई निको भएर अस्पतालबाट डिस्चार्ज गर्न तीन दिनसम्म ज्वरो नआएको, श्वासप्रश्वासमा समस्या नरहेको र फोक्सोको अवस्थामा सुधार आएको हुनुपर्छ । त्यस्तै, एक दिनको अन्तरमा दुई पीसीआर टेस्टमा नेगेटिभ आएको हुनुपर्छ ।

विभिन्न अनुसन्धानबाट कोरोनाभाइरसबाट संक्रमित बिरामीको शरीरमा एक या दुई हप्तापछि एन्टिबडी बनाउन सुरु हुन्छ । त्यसपछि संक्रमणको लक्षण कम हुँदै जान्छ । तर, विज्ञहरुका अनुसार शरीरले भाइरसको नयाँ हमला सहन पर्याप्त मात्रामा प्रतिरोधात्मक क्षमता गर्छ कि गर्दैन भनेर स्पष्ट भइसकेको छैन । यो प्रतिरोधात्मक क्षमता कति समय टिक्छ भन्ने कुराको यकिन हुन बाँकी रहेको छ । अलग–अलग भाइरसको लागि प्रतिरोधात्मक क्षमता अलग–अलगत हुन्छन् । यो केही महिनादेखि लिएर जीवनभर हुनसक्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २५ बजे

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट