४ पुस २०८२, शुक्रबार | December 20, 2025

लकडाउन उल्लंघन गर्ने पुर्वजर्नेल र पुर्वएआईजी प्रहरी नियन्त्रणमा



काठमाडौं । लकडाउन उल्लंघन गरेको भन्दै नेपाली सेनाका पूर्वजर्नेल डा। प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरी बलका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर छाडेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन हुने गरि सत्तारुढ दल नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही अगाडि पत्रकार सम्मेलन गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको केहि बेरमा उनीहरुलाई प्रहरीले रिहा गरेको थियो ।

पुर्वजर्नेल र पुर्वएआईजी सहितको समुहले भारतले लिपुलेकको नेपाली भूमिमा बाटो बनाएको विरोधमा नेकपाको पार्टी कार्यालय अगाडी पत्रकार सम्मेलन गर्ने प्रयास गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लकडाउन उल्लंघन गरेकाले पक्राउ गरिएको बताउनु भयो । नियामानुसार केही समय नियन्त्रणमा लिएर छाडिएको उहांले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको