४ पुस २०८२, शुक्रबार | December 20, 2025

४ सय ५ थ्रोट स्वाव बोकेर सेनाको बिमान काठमाण्डौ उड्यो



नेपालगञ्ज । नेपालगञ्जमा शनिवार संकलन गरिएको थ्रोट स्वाब नेपाली सेनाको बिमानबाट परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । शनिबार संकलन गरिएको ४ सय ५ जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको हो ।

नेपालगञ्जको टांगा स्टेशन क्षेत्रबाट शनिवार संकलन गरिएको १ सय ६२ जनाको र बर्दियाका २ सय ४३ जनाको स्वाब नेपाली सेनाको बिमानबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा एक दिनमा १ सय स्याम्पल भन्दा बढी परिक्षण गर्न असम्भव भएपछि बढि संकलन भएका स्याम्पल काठमाण्डौ पठाइएको श्रेष्ठले बताउनुभयो । काठमाण्डौ पठाईएका स्याम्पलको रिपोर्ट २४ घण्टाभित्रै आउने उहांले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिएको छ भने नगर भवन आसपासको क्षेत्र तथा ११ नं. वडाको नाका टोलबाट स्वाब संकलन भईरहेको छ । स्थानीयस्तरबाट संकलन गरिएका नमुनाको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा गरिने छ ।

नेपालगन्जमा मात्र २४ जनामा कोरोना संक्रमण भेटिएपछि नमुना संकलन गर्ने र परिक्षण गर्ने कार्यलाई तिब्र बनाईएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको