२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

भारतसँगको सीमा विवाद कुटनीतिक तहबाटै हल गर्नुपर्छ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतसँग रहेको सीमा विवाद कुटनीतिक तहबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कुटनीतिक तहबाट समाधान गर्नुपर्ने बताउनुभएको हो ।

भारतले ६ दशक अघिदेखि झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको जनाउँदै अहिले बनाएको सडक बारे पनि सरकारले विरोध जनाइसकेको जानकारी दिनुभयो ।

सीमा समस्या समस्या नयाँ नभएको बताउँदै उहाँले अतिक्रमित नेपाली भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका सरकारले पहल गर्दै आएको बताउनुभयो ।

बैठकमा गृहमन्त्री थापाले भारतले नयाँ नक्सा जारी गरेर नेपाली भूमी आफ्नो भएको दाबी गरेपछि त्यसविरुद्ध नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गराउनुभयो ।

उहाँलेले अहिले पनि यो विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको धारणा राख्नुभयो ।

सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने तयारी भएको गृहमन्त्री थापाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बाटो पनि नभएकाले बाटो निर्माण कार्य पनि चलिरहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ४१ बजे

रुकुमपूर्वमा प्रचण्डको विजय सुनिश्चित

काठमाडौं । रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र