४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतसँगको सीमा विवाद कुटनीतिक तहबाटै हल गर्नुपर्छ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतसँग रहेको सीमा विवाद कुटनीतिक तहबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कुटनीतिक तहबाट समाधान गर्नुपर्ने बताउनुभएको हो ।

भारतले ६ दशक अघिदेखि झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको जनाउँदै अहिले बनाएको सडक बारे पनि सरकारले विरोध जनाइसकेको जानकारी दिनुभयो ।

सीमा समस्या समस्या नयाँ नभएको बताउँदै उहाँले अतिक्रमित नेपाली भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका सरकारले पहल गर्दै आएको बताउनुभयो ।

बैठकमा गृहमन्त्री थापाले भारतले नयाँ नक्सा जारी गरेर नेपाली भूमी आफ्नो भएको दाबी गरेपछि त्यसविरुद्ध नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गराउनुभयो ।

उहाँलेले अहिले पनि यो विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको धारणा राख्नुभयो ।

सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने तयारी भएको गृहमन्त्री थापाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बाटो पनि नभएकाले बाटो निर्माण कार्य पनि चलिरहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको