२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

प्रेस पासलाई टेरेन कोरोना भाइरसले, जनकपुरका पत्रकार पनि संक्रमित भेटिए



जनकपुरधाम । सरकारले पिसिआर परिक्षणको गति बढाएसंगै कोरोना भाइरस संक्रमितहरुको संख्यापनि थपिंदै गएको छ । समुदायको चरणमा प्रवेश गरेको भाइरसको संक्रमणले पछिल्लो समय भने सञ्चाकर्मीहरुलाई आक्रमण सुरु गरेको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको अर्को दिन जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएको बताईएको छ । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमित पत्रकार पहिलेदेखि नै मुटुको बिरामी थिए । संक्रमित पत्रकारले आफू जनकपुरभन्दा बाहिर कतै नगएको तथा आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउजाउ गर्ने गरेको बताएको प्रशासन श्रोतले बताएको छ ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ३० बजे

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली

रुपन्देही-४ मा एमालेका प्रमोद यादवले सुरुवाती अग्रता कायम गरे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य

झण्डै ६ हजारको फराकिलो अन्तरसहित काठमाडौं-१ मा रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी

रसुवामा कांग्रेसको अग्रता

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार

देशभर मतगणनाको प्रारम्भिक नतिजामा रास्वपाको दबदबा, ३० क्षेत्रमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर