४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रेस पासलाई टेरेन कोरोना भाइरसले, जनकपुरका पत्रकार पनि संक्रमित भेटिए



जनकपुरधाम । सरकारले पिसिआर परिक्षणको गति बढाएसंगै कोरोना भाइरस संक्रमितहरुको संख्यापनि थपिंदै गएको छ । समुदायको चरणमा प्रवेश गरेको भाइरसको संक्रमणले पछिल्लो समय भने सञ्चाकर्मीहरुलाई आक्रमण सुरु गरेको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको अर्को दिन जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएको बताईएको छ । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमित पत्रकार पहिलेदेखि नै मुटुको बिरामी थिए । संक्रमित पत्रकारले आफू जनकपुरभन्दा बाहिर कतै नगएको तथा आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउजाउ गर्ने गरेको बताएको प्रशासन श्रोतले बताएको छ ।

यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको