४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुका जुनियर प्रहरी अधिकृतमा पनि देखियो कोरोना संक्रमण



बुटवल । कोरोना भाइरस भारतबाट नेपाल आउनेहरुमा मात्र सिमित रहेन । समुदायमा देखिने क्रममा पछिल्लो संक्रमितमा सुरक्षा अंगका जुनियर अफिसरहरु नै देखिएकाछन् । आज सांझ पुष्टी भएका नयां संक्रमितमा कपिवस्तुमा तीन जना सुरक्षाकर्मी संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कपिलवस्तुका ८ जनामध्ये तीन जना सुरक्षाकर्मी संक्रमित भएको खुलेको छ भने पाँच भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।

बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक सई, एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलले बताउनु भयो । सुरक्षाकर्मीहरुमा कोरोना देखिए लगत्तै कपिलवस्तुको संक्रमित प्रहरीहरु कार्यरत प्रहरी युनिट र उनीहरुको सम्पर्कमा आएकाहरुको खोजि गरि स्वाव लिईने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

संक्रमित प्रहरीहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको