५ पुस २०८२, शनिबार | December 20, 2025

अनियमितताको विरोध गर्दा जलजला गाउँपालिका अध्यक्षले धम्की दिए : नेकपा



पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा जलजला गाउँ कमिटी पर्वतले विकास निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई कारवाहीको माग गरेको छ ।

नेकपा जलजला पर्वतले सोमबार एक विज्ञप्ति जारी गर्दै विकास निर्माणमा अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेको हो ।
सो पार्टीले अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा उल्टै आफ्ना पार्टीका गाउँपालिका कमिटी सदस्य विज्ञानराज शर्मालाई रातको समयमा धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ ।

गाउँपालिका अध्यक्षल यामबहादुर मल्ल रामकृष्णले शर्मालाई बैशाख २९ गते राति ९ः३० बजे फोनबाट धम्की दिएको भन्दै नेकपाले विरोध गरेको छ ।

गाउँपालिकामा भएको गुणस्तरहिन कामकाजको विाषयमा आवाज उठाउँदा त्यसेको सम्बोधन गर्ने र समस्याको समाधान गर्ने तहमा रहेका स्वयं व्यक्तिले नै आफ्नो हैसियत भूलेर रातको समयमा अपशब्द बोल्दै धम्की दिनु आपत्तिजनक भएको नेकपाले जनाएको छ ।

जनताको सेवा सुरक्षाको जिम्मा लिएका व्यक्तिबाटै जथाभावी रुपमा कालीगण्डकीको उत्खनन गर्ने, कालोबजारीको संरक्षण गर्ने जस्ता क्रियाकलापको विरुद्धमा आवाज उठाउँदा कोरोना भाइरसको कारणले सिर्जित लकडाउनको अवस्थामा गाउँगाउँमा राहत वितरण गर्ने संस्थाका पदाधिकारीहरुलाई नै धम्काउने जस्ता कार्य लोकतन्त्र विरोधी भएको नेकपाले ठहर गरेको छ ।

गाउँमा गलत क्रियाकलाप नरोकिएमा र आफ्ना सदस्य विज्ञानराज शर्माको जिउज्यानको सुरक्षा प्रत्याभूति नभएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि नेकपाले दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको