५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल बैंकद्वारा ब्याजदरमा दुई प्रतिशत छुट



काठमाडौं । नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत छुट दिने भएको छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउने नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी लकडाउन गर्दै आइरहेका कारण आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।

विसं २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७।८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ६ : ५६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता