१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रोट्रयाक्ट बुटवल डाउनटाउनको अध्यक्षमा : लक्ष्मण पन्थी



बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको बर्ष २०२०/२१ को अध्यक्षमा रो. लक्ष्मण पन्थी चयन भएका छन । क्लबको साधारण सभाले पन्थीलाई आगामी बर्षका लागी अध्यक्षमा सर्बसम्मत चयन गरेको अध्यक्ष मधु भराईले जानकारी दिएका छन् ।

साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा मधु भट्टराई, इलेक्ट अध्यक्षमा डिल्लीराज ढकाल, नोमिनी अध्यक्षमा राम प्रसाद बेल्बासे, प्रथम उपाध्यक्षमा सौरभ भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे र तृतीय उपाध्यक्षमा आविश्कार खनाललाई चयन गरेको छ ।

क्लबले आगामीबर्षको लागी सचिवमा महेश खनाल र कोषाध्यक्षमा माधव अर्याललाइ चयन गरेको र डाइरेक्टर लगायत अन्यपदहरु क्लबको पदस्थापन कार्यक्रममा नियुक्तगरिने नवनिर्वाचित अध्यक्षले जानकारी दिनुभयो ।

क्लबले आगामी कार्यकालमा कोरोना भाइरसले पारेको असर र यसबाट बच्न अबलम्बन गरिने उपायहरु, यसकाकारण उत्पन्न भएको बेरोजगारी र मनोबल न्युन भएका युवाहरुलाई उद्यमशीलता तर्फ अग्रसर हुनका लागी बिभिन्न सुचना प्रविधिको उच्चतम प्रयोग गरी तालिमहरु प्रदानगर्ने, क्लबले हाल सम्मगर्दै आएका सिगनेचर परियोजनाहरुलाइ निरन्तरता दिने, रोटरी क्लब तथा भातृत्वक्लबहरु, स्थानीय सरकार एवं संघ सस्थाहरुसंगको आपसी साझेदारीमा बिभिन्न सामाजिक कार्य एवं जनचेतनामुलक कार्यहरु गर्ने, क्लबका सदस्यहरुलाइ बिभिन्न आन्तरिक तथा बाह्य तालिमहरुमा सहभागी गराउने साथै डिस्ट्रिक ३२९२ ले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्य रुपमा सहभागी हुने मुख्य कार्यभारहरु रहेको नवनिर्वाचित अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

बैठकमा पुर्व अध्यक्ष सल्लाहकारहरु रो. जीवन अधिकारी, तुल्सी घिमिरे, सन्तोष पौडेल, जनक प्रसाद दमासे, बालकृष्ण पाण्डे, अजित घताने लगायतको उपस्थितीमा रहेको थियो । बैठकको अध्यक्षता बर्ष २०१९/२० का अध्यक्ष रो. मधु भट्टराईले गरेका थिए ।

साथै कार्यक्रमको संचानल सचिव सौरभ भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ४ : १० बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना