२२ भदौ २०८३, सोमबार | September 7, 2026

बांकेमा सवारी दुर्घटना, ११ जनाको मृत्यु



बुटवल । पुर्व पश्चिम राजमार्गको बांके खण्डको ठुरीया जङ्लमा सवारी दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ ।

जमुनाहा नाका हुंदै भारतबाट मजदुरी गरेर नेपाल फर्केका उनीहरु फोर्स गाडिमा सल्यान जानेक्रममा दुर्घटनामा परेका हुन् ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । गाडीमा सवार२२ जना गम्भिर घाइते भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको बताउनुभयो । २२ जना घाईते मध्य चार-पाँच जनाको अवस्था गम्भीर रहेको प्रजिअ कुरुम्वाङले बताउनुभयो ।

नेपालगञ्जबाट सल्यान बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न भेरी अस्पताल नेपालगञ्ज पु¥याईको छ । मृतकका शवहरु पनि भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : २१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा