१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बांके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो



बुटवल । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति सडक दुर्घटना भएको हो ।

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिनुभयो ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताउनुभयो ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताउनुभयो । सनाखत गर्ने क्रम चलिरहेको सापकोटाले बताउनुभयो ।

http://बांकेमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

 

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : ०१ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको