६ आश्विन २०८३, मंगलबार | September 23, 2026

स्वदेश फर्कन लागेका भारतीय नागरिकलाई भारतले रोक्यो, काँकडभिट्टामा सयौँको सडकमै वास



झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत फर्कन लागेका भारतीय नागरिकलाई भारत सरकारले रोक लगाएको छ ।
पश्चिम बंगाल सरकारले नेपालबाट जानेहरूलाई प्रवेशमा रोक लगाएपछि तीनसय भन्दा बढी भारतीय नागरिक सडकमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतीयलाई पश्चिम बंगाल सरकारले जान नदिएको बताउनुभयो । उहाले भारततिरको प्रहरीले नपठाउनु भनेको बताउनुभयो । ‘भिड बढेको बढ्यै छ । यसले कोरोना संक्रमणको जोखिम थपेको छ,’ उहाले भन्नुभयो । स्वदेश फर्कने आशामा काँकडभिट्टा आइपुगेका भारतीय नागरिक दिनभर तातो घाममा सडकमै बस्न बाध्य भएका छन् ।

नेपालका विभिन्न जिल्लामा मजदुरी गर्न आएकाहरू लकडाउन बढ्दै गएपछि स्वदेश फर्कन खोजेका हुन् । तर, पश्चिम बंगाल सरकारले नेपालबाट जाने मालबाहक सवारीसमेत जान दिएको छैन । त्यसकारण पूर्वी नाकाबाट पछिल्लो समय पेट्रोलियम पदार्थ आयातसमेत हुन सकेको छैन ।

पश्चिम बंगाल सरकारले क्वारेन्टाइनलगायत भौतिक संरचना बनाइनसकेकाले तत्काल आफ्ना नागरिक नपठाउन आग्रह गरेको हो । दुई दिनअघि मेचीपारि पुगेका १७ जना भारतीय नागरिकलाई समेत फिर्ता पठाएको थियो । उनीहरू नेपाल नै फर्किएको प्रहरीले जनाएको छ ।

तर, मजदुर भने घर जाने आशामा नाकामा जम्मा भएका छन् । उनीहरूले न भारत जान पाएका छन् त नेपालमै बस्ने ठाउँ पाएका छन् । उनीहरू रात पनि सडकमै बिताउन बाध्य छन् । सीमा क्षेत्रका क्वारेन्टाइन भारतबाट ल्याएका नेपालीले भरिएका छन् ।

उनीहरूलाई खाना भने खुवाइएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताउनुभयो । ‘खाना खुवाएका छौँ,’ उहाले भन्नुभयो, ‘तर, सुत्ने व्यवस्थापन गर्न सकेका छैनौँ ।’

काँकडभिट्टा बसपार्क क्षेत्रमा अहिले पनि तीन सयजति भारतीय छन् । उनीहरू अधिकांश इँटा कारखानाका श्रमिक हुन् । धमाधम इँटाभट्टा बन्द हुन थालेपछि श्रमिकहरू घर फर्कन थालेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १० : २० बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै