६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कोरोना महामारी ब्यवस्थापनका लागि आध्यात्मिक गुरु रविशंकरले अन्तरक्रिया गर्ने



नेपालगन्ज । आध्यात्मिक गुरु श्री रविशंकरले कोरोना महामारी व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री, सर्बोच्च अदालतका न्यायाधिस, पूर्वमन्त्री लगायत देशका विभिन्न क्षेत्रका उच्च ओहोदाका २० जनासँग दुई दिन भर्चुअल अन्तरक्रिया गर्ने तय भएको ।

द आर्ट अफ लिभिङका संस्थापक रविशंकरले बुधबार बिहान ११ बजे कोरोना महामारी संकट व्यवस्थापनमा अध्यात्मको भूमिका विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, प्रकाश शरण महत, सुरेन्द्र पाण्डे र राजेन्द्र महतोसँग अन्तरक्रिया गर्नेछन् । सोही कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ नेत्ररोग विशेष डा.सन्दुक रुइत, द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह र महासचिव डा.सन्दीप शाहसँग अन्तरक्रिया हुनेछ ।

त्यसैगरी शुक्रबार बिहान ७ः१५ बजे अनिश्चित समयमा प्रेरणादायक नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा भने सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम, युएन सीड समिति उपाध्यक्ष बन्दना राणा, नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, गायिका आनी छोइङ डोल्मा, नेपालका लागि अमेरिकाका पूर्वराजदूत डा.शंकरप्रसाद शर्मा, क्रिकेटर पारस खड्का, चौधरी ग्रुपका महाप्रबन्धक निर्वाण चौधरी अन्तरक्रियामा सहभागी हुनेछन् । यो कार्यक्रमको सहजीकरण द आर्ट अफ लिभिङका नीभा माथेमा प्रधानले गर्ने जनाइएको छ ।

योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील द आर्ट अफ लिभिङ फाउन्डेसनसन् १९८१ मा स्थापना भएको गैरनाफामूलक, शिक्षा र मानवीयताको क्षेत्रमा काम गर्ने आध्यात्मिक संस्था हो । विश्वका एक सय ५६ देशमा यसका शाखा छन् । तनावरहित मन र हिंसा रहित समाज भन्ने यसको मूल नारा रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १ : ३४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का