८ बैशाख २०८१, शनिबार | April 20, 2024

भारत र चीनबीच लेफ्टिनेन्ट जनरलस्तरमा सैन्य वार्ता हुँदै, कसरी सुल्झेला सीमा विवाद ?



गत मे महिनादेखि सीमा तनाबमा अल्झिरहेका छिमेकी भारत र चीनबीच आज शनिबार वार्ता हुँदैछ । दुवै मुलकबीच लेफ्टिनेन्ट जनरलस्तरमा वार्ता हुन लागेको हो ।

भारतको लद्दाख र चीनको अक्साई चीनको बीचमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीमा भारत र चीनबीच गम्भीर सीमा विवाद देखिए पछि विवाद सुल्झाउन कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी छ । लेफ्टिनेन्ट जनरल स्तरमा आज हुन लागेको वार्ताले प्रष्ट पारेको छ, दुई मुलुकबीच सीमा समस्या गम्भीर बनेको छ । यसअघि प्रायजसो ब्रिगेडियरस्तरमा वार्ता हुनेगरेको थियो ।

एलएसी अतिक्रमण गर्दै भारतीय सेनाले सैन्य रणनीतिले महत्वपूर्ण निर्माण कार्य गरेको भन्दै चिनियाँ सेनाले आपत्ति जनाएपछि विवाद सुरु भएको थियो । तर, भारतले भने चीनले सीमा क्षेत्रमा हजारौं सैनिक जम्मा पारेको भन्दै आफ्नो देशभित्रको इलाकामा निर्माण कार्य गर्न चीनले रोक्न नसक्ने तर्क गर्दै थप सैनिक बल पठाएको थियो । त्यसपछि सुरु भएको विवादले तीन वर्ष अघि सन् २०१७ मा भएको डोक्लाम विवादलाई समेत पछि पारेको छ । चीन र भुटानको सीमा क्षेत्रमा अवस्थित चिनियाँ भूभागमा चिनियाँ सेनाको उपस्थिति रोक्न भन्दै भारतले भुटानहुँदै चिनियाँ भूमिभित्रै आफ्नो सेना पठाएपछि डोक्लाम विवाद सतहमा आएको थियो । अढाइमहिना लामो विवाद कुटनीतिक सक्रियतापछि समाधान भएको थियो ।

तर, यतिबेला लद्दाख र अक्साई चीन क्षेत्रमा दुवै देश आम्नेसाम्ने युद्धको तम्तयार अवस्थामा रहेका छन् । चीनले उच्च भूभागमा सक्रिय रहने जनमुक्ति सेना हजारौं फौज र अत्याधुनिक हतियार पश्चिम तिब्बतमा केन्द्रित गरेको छ भने भारतले जम्मु कास्मिरबाट समेत थप सैन्यशक्ति लद्दाखको सीमा नजिकै पठाएको छ ।

शनिबार हुने पहिलो वार्ता एलएसीसँगै रहेको चुसुल–मोल्दोस्थित भारतीय बोर्डर प्वाइन्टमा हुनेछ । बैठकमा भारतीय सेनाको तर्फबाट लेहस्थित भारतीय सेनाको १४औं कोर कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले नेतृत्व गर्दैछन् । चीनको तर्फबाट जनमुक्ति सेनाका कुन कमाण्डरले नेतृत्व गर्दैछन् भन्ने बारे अहिलेसम्म चीनले केही बनाएको छैन ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ् श्वाङले सीमा क्षेत्रको स्थिति स्थिर, नियन्त्रित र शान्तिपूर्ण रहेको बताएका थिए । शुक्रबार बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता कङ् श्वाङले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सम्बन्धित मुद्दालाई समाधान गर्न सक्रिय रहेको बताएका थिए । उनले आम रूपमा चीन भारत सीमा क्षेत्रको स्थिति स्थिर र नियन्त्रित रहेको बताउँदै दुवै पक्ष सम्पर्कमा रहेर उचित समाधानको प्रयासमा रहेको नर अभिव्यक्ति दिएका थिए ।

सीमा मामिलामा चीन नरम ढंगले प्रस्तुत भैरहेको देखिन्छ भने भारत आक्रमण ढंगले प्रस्तुत भैरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको स्वीकार गर्दै भारतले आफुले गर्नुपर्ने काम गरिरहेको बताएका थिए ।

तर, नयाँ दिल्लीमा भारतीय रक्षा विश्लेषक एवं भारतीय सञ्चारमाध्यमहरुले स्थितिलाई थप भड्काउपूर्ण बनाउन वक्तव्यवाजी जारी राखेका छन् । त्यसको प्रभाव लेफ्टिनेन्ट जनरल नेतृत्वको वार्ता टोलीलाई पर्यो भने सीमा विवाद थप बल्झिन सक्छ ।

केही दिन अघि भारतीय सेनालाई चिनियाँ सेनाले एलएसीको नयाँ अतिक्रमित भूमिबाट पछि हटाएको थियो । एलएसीमै निर्माण कार्यलाई अवरोध पुर्याउँदै भारतीय सेनाका जवानलाई नियन्त्रणमा समेत लिएको भारतीय सञ्चारमाध्यमले नै सैन्य स्रोतलाई उदृध गर्दैै समाचार प्रकाशित गरेका थिए । यद्यपी, भारतीय सेनाले त्यसलाई अस्वीकार गरेको थियो । तर, पूर्वसहमति विपरित भारतीय सेनाले एलएसीको यथास्थितिलाई उल्लंघन गरेको भन्दै चिनियाँ सेनाले प्रतिवाद गर्दै सीमा क्षेत्रमा थप सैन्य बल जम्मा पारेको थियो ।

चीन र भारतबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । भारत पराजित भएको त्यसयुद्धपछिको अवस्थामा अझैसम्म पनि दुवै मुलुकबीच स्थायी सीमा सम्झौता भएको छैन । पश्चिम र पूर्वी सेक्टरमा गरी चीन र भारतबीच झण्डै ३ हजार ४ सय किलोमिटर लामो सीमा जोडिएको छ ।

ब्रिटिश उपनिवेशमा बेलायतीहरुबाट थिचिएको भारतले संस्कार भने उपनिवेशवादी नै बोकिरहेको छ । यसैकारण भारतको सम्बन्ध छिमेकी मुलुकहरुसँग भारत स्वतन्त्र भएदेखि नै राम्रो छैन । पाकिस्तानसँग जन्मजात दुश्मनीमै राष्ट्रवाद देख्ने भारतीय मानसिकताले नेपालमाथि बारम्बार सीमा अतिक्रमण गर्दै आएको छ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अक्रिमण गरेर आफ्नो फौज बसालेको भारतले राजनीतिक नक्शामा समेत त्यो भूमि आफ्नो सीमाभित्र पारेपछि गत कात्तिकदेखि सम्बन्ध थप तिक्कतापूर्ण बनेको छ ।

पाकिस्तानबाहेकका अन्य दक्षिण एशियाली देशभित्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै माइक्रो म्यानेजमेन्ट गरेपछि सबै मुलुकसँगको सम्बन्ध उतारचढावपूर्ण बनिरहेको छ । तर चीनसँगको सीमा विवाद भारतका लागि महंगो सावित हुनसक्छ । आजको युगमा परम्परागत युद्ध नहुनसक्छ तर, दुवै मुलुकले सुझबुझपूर्ण ढंगले सीमा विवाद समाधान गरेनन् भने त्यसको हानी सीमा क्षेत्रमा भन्दा अन्य क्षेत्रमा बढी हुनसक्छ । यसको क्षति दुवै मुलुकलाई पर्नसक्छ र स्वभाविक रुपले भारतलाई हुने क्षति बढी नै हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ४२ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु