३१ भदौ २०८३, बुधबार | September 16, 2026

लद्दाखस्थित एलएसीमा भारतीय र चिनिया सेनाबीच हिंसक झडप, तीन भारतीय सैनिकको मृत्यु



एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप हुंदा तीन भारतीय सैनिक मारिएका बिबिसीले जनाएको छ ।

भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतीय अधिकारीले बताएका छन् । भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

झडपको लगत्तै दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गरिरहेको पनि बिबिसीले जनाएको छ । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने चिनीया सैनीकले भारतीय सेनाले सिमामा सुरक्षा मापदण्ड नाघ्न खोज्दा झडप भएको आरोप लगाएको छ ।

उता भारतीय अखबार अमर उजालाका अनुसार सोमबार राती पूर्वी लद्दाखको गाल्भान उपत्यकामा सेना पछाडि पार्ने क्रममा दुबै पक्षमा हिंसात्मक झडप भएको थियो। यसमा भारतीय सेनाका एक अधिकारी र दुई सैनिक मारिए। भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनिएको छ कि हिंसात्मक झडपमा दुबै
लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत(चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

सन् १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो।

स्थितिलाई सामान्य बनाउन दुबै पक्षका वरिष्ठ अधिकारीहरू बैठक गरिरहेका छन्। सेनाका स्रोतहरूले उद्धृत गरे कि भारत र चीनका मेजर जनरलहरू वर्तमान परिस्थितिमा वार्ता गरिरहेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाको बिषयमा सुरक्षा रक्षा प्रमुख जनरल बिपिन रावत र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्।

भारत र चीनबीचको सीमा विवाद झन्डै एक महिनादेखि चलिरहेको छ र वार्ताबाट यसलाई सुल्झाउने प्रयास भइरहेको छ। दुबै पक्षबाट वार्ता जारी रहेका बेला हिंसात्मक झडपको घटना सार्वजानिक भएको हो ।

ग्लोबल टाइम्सको उद्धृत गर्दै उता चीनका परराष्ट्रमन्त्रीले चिनीया सिपाहीहरूले सिमाना उल्लंघन नगरेको दाबी गरेकाछन् । चिनीया परराष्ट्रमन्त्रीले भारतीय सेनाले सीमामा उत्तेजक कार्य सुरु गरेको आरोप लगाएको अमर उजालाले लेखेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ५३ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०