५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चीन र भारतीय सेनाबीचको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु



एजेन्सी । चीनसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएकाे छ । यस अघि मंगलबार  दिउँसो भारतीय सेनाका कर्णल र दुई सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

भारतीय सुरक्षा स्रोतलाईै उदृद गर्दै भारतीय न्युज आजतकले झडपमा २० सैनिक मारिएको उल्लेख गरेको छ ।

सोमबार राति दुई देशको सेनाको बीचमा हिंसात्मक झडप भएको थियो । गल्वान भ्याली नजिक सोमबार राती दुई देशहरु बीचको वार्ता पछि सबै कुरा सामान्य हुंदै गएको भनिएको बेला अर्को एक झडप भएको बताईएको छ ।

भारतीय समाचार संस्था ईन्डिया टुडेले पनि स्रोतहरुलाई उल्लेख गर्दै २० भारतीय सेनाको हताहती भएको खबर छापेको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले भारतीय सेनाले सोमबार साझ लाइन अफ एक्चुअल कन्ट्रोल पार गरेर चिनियाँ सीमाभित्र घुस्दै उत्तेजनात्मक र गैरकानुनी गतिविधि गरेको जनाएका थिए । उनले पूर्वसहमति पालना गर्न भारतलाई चेतावनी समेत दिए ।

नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एलएसीलाई सँधै सम्मान गरेको बताउंदै चीनले पनि एलएसीलाई सम्मान गर्नु पर्ने बताएको थियो ।

एलएसीमा भएको यो झडप पछि, दिल्लीमा लगातार बैठकहरू भईरहेक छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ३६ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ