३ आश्विन २०८३, शनिबार | September 19, 2026

एन्फा अध्यक्ष शेर्पालाई कारवाहीको माग गर्दै खेलकुद परिषदमा ज्ञापनपत्र



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित ‘आवश्यक कारवाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो । पत्र हस्तान्तरणका बेला भुक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ४९ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा