२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। पछिल्लो पटक मृत्यु हुनेमा
डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको बताउनुभयो ।

जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ५ : ३३ बजे

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले