५ पुस २०८२, शनिबार | December 20, 2025

स्वास्थ्य, सुरक्षा मापदण्ड पालना शर्तमा लकडाउन सहज बन्दै, आइतबार मन्त्रिपरिषदले निर्णय गर्ने



काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी सुरक्षा मापण्ड पालना गर्ने गरी व्यापार व्यवसाय सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउने तयारी गरेको छ ।

उद्योग व्यवसाय संचालन सम्बन्धमा तयार मस्यौदामाथि छलफल गरेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनजीवन सहज बनाउन लागेको हो ।

समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहनु भएका नारायणप्रसाद विडारीले आर्थिक क्रियाकलापहरू, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल भएको बताउनुभयो ।

शनिबार उक्त मस्यौदा माथि कुनै निर्णय नभएको र फेरी बैठक बसेर निर्णयमा पुगिने उहाँले बताउनुभयो ।

विडारीले विभिन्न औद्योगिक र निर्माण सँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको जनकारी दिनुभयो ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् ।

समितिले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त मस्यौदा पठाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ३६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता