३० कार्तिक २०८२, आइतबार | November 16, 2025

प्रदेश ५ मा संक्रमित पैसा तिरेर आइसोलेसन बस्न सक्ने



बुटवल । प्रदेश ५ सरकारले प्रदेशभरीका पत्रकारहरुको कोरोना बिमा गरिदिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले पत्रकार बिमाका लागि बजेट बिनियोजन गर्दै जोखिममा पत्रकारीता गर्ने पत्रकारहरुको सरकारले बिमा गरिदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले पत्रकार बिमाका लागि ४ लाख ९० हजार बजेट बिनियोजन गरेको जानकारी दिनु भयो । मन्त्री चौधरीका अनुसार पत्रकार महासंघको प्रदेश ५ समितिको समन्वयमा प्रदेशमा क्रियाशिल पत्रकारको बिमा गरिने छ ।
मन्त्रिपरिषदले पुर्वाधार विकाश प्राधिकरण स्थापना सम्बन्धमा बनेको बिधेयक मस्यौदा गर्न सैद्धान्तिक स्विकृति प्रदान गरेको छ भने कोभिड १९ का कारण मृत्यु हुनेको दाहसंस्कार गर्ने सम्बन्धि कार्यबिधिलाई समेत स्विकृत गरेको छ । त्यसैगरी बैठकले प्रदेश बिश्वबिद्यालय स्थापना, संचालन, नियमन र ब्यवस्थापन गर्न बनेको बिधेयक प्रदेशसभामा पेश गर्न स्किृति प्रखान गर्नुकासाथै बुटवल टेक्नीकल ईन्टिच्युटलाई १० लाख अनुदान दिने निर्णय गरेको छ ।
प्रवक्ता चौधरीले प्रदेशमा संचालनमा रहेका आइसोलेसनको संचालन तथा ब्यवस्थापन गर्ने मापदण्ड समेत स्विकृत गरेको जानकारी दिएकाछन् । उनले प्रदेशमा ३ प्रकारको आइसोलसनको ब्यवस्था हुने बताउंदै जिल्ला र स्थानीय पालिका स्तरमा एक एक ओसोलेसन बने संगै सेल्फ आइसोलसनको समेत प्रबन्ध मिलाउने गरि निर्णय भएको जानकारी दिए ।
मन्त्री चौधरीका अनुसार जिल्ला र स्थानीय आइसोलेसनको आर्थिक ब्यवस्थापन प्रदेश र सम्बन्धित पालिकाहरुले गर्नेछ भने सेल्फ आइसोलेसनमा संक्रमित देखिएका वा लक्षण नदेखिएका हरेकले आफै खर्च गरेर आइसोलेसन बस्न सक्नेछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ४ : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा