१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई पुरुषको ज्यान गएको हो ।

सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा बिहान करिब १० बजे नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो । तर, चिकित्सकले बिहान १० बजेर २५ मिनेटमा दुवैलाई मृत घोषणा गरेका थिए ।

मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : १२ बजे

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा

जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत लुम्बिनी

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने

खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको