४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदमा अनुपस्थित यी सांसदहरु, जसले राष्ट्रियताको पक्षमा मत दिने अवसर गुमाए



काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सबै राजनीतिक दलहरुबीच अभूतपूर्व एकता प्रदर्शित हुँदै राष्ट्रिय एकता कायम भएको छ ।

संघीय संसदमा रहेका सबै राजनीतिक दलहरुबीच सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा सर्वसम्मत पारित गरेको यो दुर्लभ घटनामा सहभागी हुन केही सांसदले मौका गुमाएका छन् ।

भारतले अन्यायपूर्वक अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटिएको नयाँ नक्शालाई संविधानको अंग बनाउने ऐतिहासिक प्रस्तावमा मतदान दिनबाट केही सांसदले मौका गुमाए भने कतिपय सांसद निलम्बित अवस्थामा जेलमा रहेका रहेका छन् ।

शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपालबहादुर बम, दुलारी देवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्य नारायण यादव, सूर्यबहादुर केसी , हरिबोल गजुरेल , ज्ञानकुमारी छन्त्याल अनुपस्थित भए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।

प्रतिनिधिसभामा २७५ सांसद रहेका छन् । जसमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन् । सभामुखले बराबरीको अवस्थामा मात्र मत दिन पाउँछन् ।

संविधान संशोधन प्रस्तावलाई नाटक भन्ने जनता समाजवादी पार्टी (पूर्व समाजवादी पार्टी)की सांसद सरिता गिरीले भने बैठक बहिष्कार गरेकी थिइन । गिरीले बैठक बहिस्कार गर्दै बंगलादेश टुक्रिएको स्मरण गराएकी थिइन । भारतीय खुफिया एजेन्सी रअको नेतृत्वमा पाकिस्तानबाट पूर्वी पाकिस्तानलाई टुक्रउाउँदै बंगलादेश बनाइएको थियो ।

मिचिएको भूमि फिर्ता ल्याउने बाटोको रुपमा रहेको नयाँ नक्शा संसदबाट पारित गर्ने बेलामा गिरीले दिएको बंगलादेशको सार्वजनिक स्मरण अर्थपूर्ण रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४९ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ