१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

संक्रमितको दाहसंस्कारमा सीडीओ र नेपाली सेनाका कर्णेल मलामी, शवलाई सेनाको सलामी



नेपालगन्ज । कोरोनाको कारण मृत्यु भएकाको शव उठाउन आफन्त सहित टोल छिमेकले समेत आनाकानी गरेको बेला बांकेमा भने कोरोनाबाट मृत्यु भएकी एक महिलाको दाहसंस्कारमा जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका कर्णेल आफैले सहभागिता जनाएकाछन् ।

टाउकोमा चोट लागेर नेपालगन्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी कोरोना संक्रमित महिलाको अन्तिम संस्कारमा बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापा आफै सहभागि भएका थिए ।

मृतक महिलाको विहिबार नेपाली सेनाको टोलीले ससम्मान बाँकेको ढकेरी जङ्गलमा अन्त्येष्टि गरेको छ ।

बर्दियाको मानखोला नजिकको जंगलमा बुधवार बैजनाथकी संक्रमित महिलाको अन्त्येष्टि गरिएपछि स्थानीयको विरोध भएकोले कैलालीकी महिलाको शव व्यवस्थापनमा सीडीओ र कर्णेल आफै सहभागि भएको बताईएको छ ।

शव ब्यवस्थापनमा स्थानीयको असहयोग र गाडी चालकमा देखिएको त्रासको अन्तय गर्न अन्त्यष्टिमा आफै सहभागि भएको बांकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । “करसाबलाई छेउमा राखेर शव राखेको गाडी आफै चलाउने मनस्थितीमा पुगेको थिएं, तर चालकले हिम्मत गरे,” प्रजिअ कुरुम्वाङले भने । स्थानीयमा रहेको भ्रम र डर दुबै हटाउने प्रयास स्वरुप गणपति थापा सहित आफु अन्त्यष्टिमा सहभागि भएको उनले बताए ।

मृतकको शवलाई पीपीईमा रहेका नेपाली सेनाका जवानहरुले सलामी अर्पण गरेर माटोमा गाडेका थिए । कोरोनाबाट मृत्यु भएको अवस्थामा शवले समेत दाहसंस्कार पाउंदैन भन्ने भ्रमलाई चिर्न आवश्यक रहेको कुरुम्वाङको भनाई छ ।

महिलाको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी र भैरव प्रसाद गणका गणपति आफै फिल्डमा खटिएका थिए। विहिबार पनि शव बोक्न गाडीको समस्या भएपछि मेडिकल कलेजका एक जना कर्मचारीको पिकअप गाडीको प्रयोग गरिएको थियो ।

जेठ २ गते दिउँसो उनको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा परिक्षणका लागि लगिएकोमा बुधवार बेलुकी आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बांकेका कारोना फेकल पर्शन नरेश श्रेष्ठले बताए।

यस अघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । स्वास प्रश्वासमा समस्या भएपछि उनी पनि उपचारको लागि जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् ।

फोटो सौजन्य : सिराज खान

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ०९ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams