८ कार्तिक २०८३, आइतबार | October 25, 2026

साईक्लिष्टको आकस्मिक रक्तदान ६० युनिट रगत संकलन



बुटवल । रुपन्देहीका साईक्लिष्टहरुले बुटवलमा आकस्मिक रक्तदान गरेका छन ।

कोरोना भाईरस (कोडिभ १९) को संक्रमणको बेला रक्त संचार केन्द्रमा रगत अभाव देखिएपछि रुपन्देही जिल्ला साईक्लिङ संघ र साईकल सिटि बुटवलको आयोजनामा आकस्मिक रक्तदान गरिएको हो । संघका अध्यक्ष पुकार थापाले साईक्लिङमार्फत स्वस्थ्य सचेतना जगाउनुका साथै सामाजिक कार्यमा समेत आफुहरु लागेको बताए ।

दुई पटक कोरा साईक्लिङ च्यालेन्ज, रानीमहल पर्यटन यात्रा, राईड विथ प्राइड लगायत ईभेन्टका साथै टुर द लुम्बिनी यात्राका सहभागिहरुलाई समेत बुटवलबाट स्वागत सत्कार गर्दै आएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको संयोजक असोक राईले बताए ।

साईकल सिटि बुटवलका अध्यक्ष धिरेन तुलाधरले यस क्षेत्रका साईक्लिष्टहरुलाई एकतावद्घ गर्दै साईकलमार्फत पर्यटन प्रर्वद्घन अभियानमा लागेको बताए ।

विश्व पर्यावरण जोगाउने अभियानक‍ो साईकलको योगदान महत्वपुर्ण हुने विज्ञहरुको बताउछन । एउटा सवारीले खपत गर्ने १ लिटर ईन्धन बराबर साईकल चलाउदा एउटा रुखबाट प्राप्त हुने अक्सिजन उपलब्ध हुने गर्दछ ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदास, संघका अध्यक्ष पुकार थापा, साईकल सिटि बुटवलका अध्यक्ष धिरेन तुलाधर, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ०८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको