१ आश्विन २०८३, बिहिबार | September 17, 2026

हिमाली जिल्लामा आर्थिक वर्षको महिना परिवर्तन गर्न माग, असार मसान्त अव्यावहारिक हुने



पोखरा । हिमाली क्षेत्रमा असार महिनामा धमाधम बिकास निर्माणको काम हुने भन्दै त्यस्ता जिल्लाहरुमा असार मसान्तलाई आर्थिक वर्षको सुरुवात अब्यवहारीक हुने हिमाली जिल्लाका सांसदहरुले बताएकाछन् । उनीहरुले असार मसान्त हिमाली जिल्लाका लागि बिकासको काम गर्ने बेला भएकाले आर्थिक वर्ष कार्तिक मसान्त बनाउन समेत माग गरेका छन् ।

गण्डकी प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले प्रस्तुत गरेका बजेटमाथि छलफल गर्दै मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्ष कार्तिक मसान्त लाई बनाईनुपर्ने बताए । सांसद विष्टले हिमाली क्षेत्रमा आर्थिक वर्षको सुरु र अन्त्य असार मसान्तमा नभै कार्तिक मसान्तमा हुनुपर्नेमा जोड दिए ।

सदनमा वोल्दै विष्टले हिमाली जिल्लामा हिउदको कार्तिक देखि फागुनको चार महिनामा भारि हिमपात हुने भएकोले बिकास निर्माणको कामसँगै दैनिक जीवनयापन समेत ठप्प हुने बताए । हिउँदमा भारी हिमपातका कारण जनजीवन ठप्प हुने र असार महिनामा बल्ल कामहरु भईरहने भयकाले असार मसान्तमा काम पूरा हुन नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ४० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा